उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

केन्द्रभाग मिडिया

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ। उपसभापति खड्का र राजदूत सोङबीच बिहीबार भेटवार्ता भएको हो।

खड्का निवास गोल्फुटारमा भएको भेटवार्तामा दुई निकटस्थ छिमेकी मुलुकका आपसी हित र चासोबारे छलफल भएको बताइएको छ।

  • ९ चैत्र २०७९, बिहीबार १६:४३ प्रकाशित