एजेन्सी ।
केलियन एमबाप्पे फ्रान्स फुटबल टिमको नयाँ कप्तान बनेका छन् ।नियमित कप्तान तथा गोलकिपर हुगो लोरिसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएपछि फ्रान्सले एमबाप्पेलाई कप्तान नियुक्त गरेको फ्रान्स फुटबल संघले जनाएको छ ।
लोरिसले गत जनवरीमा सन्यास घोषणा गरेका थिए ।२४ वर्षीय एमबाप्पेले २०१७ मा फ्रान्सका लागि डेब्यु गरेका थिए ।
यस्तै फ्रान्सले एन्टोनी ग्रीजम्यानलाई उपकप्तान चयन गरेको छ ।मबाप्पेको कप्तानीमा फ्रान्सको पहिलो खेल शुक्रबार युरो छनोट अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध हुनेछ ।