मौसम पूर्वानुमान : यी स्थानमा वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक रही देशका बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित क्षणिक र हल्का वर्षाको सम्भावना  छ ।

राति देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

  • ९ चैत्र २०७९, बिहीबार ०६:४९ प्रकाशित