काठमाडौं ।
दलित समुदायमाथिको विभेद र उत्पीडन अन्त्य गरी सामाजिक सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्ताव पारित भएको छ ।
राष्ट्रिय सभाको बुधबारको बैठकले अहिले भइरहेका कानुनहरुको प्रभाव कार्यान्वयनका लागि सरकार जिम्मेवार बनाउनका लागि संकल्प प्रस्ताव पारित गरेको हो ।
सांसद भुवनबहादुर सुनारले दलित समुदायमाथि भइरहेको विभेद र उत्पीडनहरूको अन्त्य गरी सामाजिक, साँस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न तत्काल गर्नुपर्ने १९ बुँदे व्यवस्थाहरूसहितको संकल्प प्रस्ताव प्रस्तुत गरेका थिए ।
सो प्रस्तावमाथि छलफलपछि राष्ट्रियसभाले पारित गरेको हो । छलफलमा उठेका सवालहरूमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिएका थिए । त्यसपछि प्रधानमन्त्री दाहालले नै सो संकल्प प्रस्ताव पारित गर्न सदनसमक्ष प्रस्तुत गरेका थिए । बैठकले सर्वसम्मतरुपमा सो संकल्प प्रस्ताव पारित गरेको हो ।













