माइतीघर मण्डलामा ६ कम्युनिस्ट पार्टीनिकट किसान सङ्गठनको प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

६ कम्युनिस्ट पार्टीनिकट किसान सङ्गठनहरूले विभिन्न मागसहित माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

लघुवित्तको आतङ्क बन्द हुनुपर्ने, मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, रासायनिक मलखादको व्यवस्था गर्नुपर्नेलगायतका मागहरु अघि सारेर कृषकहरूले प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासङ्घ   नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल किसान महासङ्घ, नेकपा मसाल निकट अखिल नेपाल किसान महासङ्घ , नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल किसान महासङ्घ , नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान युनियन र नेकपा माले निकट अखिल नेपाल प्रगतिशील किसान सङ्घ सहभागी थिए ।

उनीहरुले आफ्ना मागप्रति सरकार संवेदनशील नभए थप संघर्षका कार्यक्रम तय गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

  • ८ चैत्र २०७९, बुधबार १५:२४ प्रकाशित