ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना : ३ जनाको घटनास्थलमै ज्यान गयो

केन्द्रभाग मिडिया

तस्वीर : सामाजिक सञ्जाल

सुर्खेत ।

दैलेखमा मनकामना ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ ।

बुधवार नेपालगन्जबाट दैलेख जाँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ तालपोखरीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

ट्रकमा सवार चालक, सहचालक गरी तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन् ।

मृतकको पहिचान खुल्न सकेको छैन । ट्रक सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको छ ।

  • ८ चैत्र २०७९, बुधबार १०:३५ प्रकाशित