बारा–२ मा उपेन्द्र यादवविरुद्ध उम्मेदवार उठाउने सीके राउतको तयारी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

बारा संघीय निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो उम्मेदवार खडा गर्ने तयारी गरेको छ ।

बारा–२ मा जनता समाजवादी पार्टीका सांसद रामसहाय यादव उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुने भएको हो । बारा–२ मा जसपाका अध्यक्ष यादवलाई गठबन्धनको साझा उम्मेदवार बनाउने चर्चा चलिरहेको बेला जनमत पार्टी भने छुट्टै उम्मेदवार उठाउने तयारीमा जुटेको हो ।

जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बारा–२ मा आफ्नो पार्टीबाट उम्मेदवारी पर्ने बताए ।उपराष्ट्रपतिको निर्वाचनमा पनि आफूहरूले दाबी गरेको उल्लेख गर्दै उनले सोही अनुसार ममता झा उम्मेदवार रहेको बताए ।

  • ७ चैत्र २०७९, मंगलवार १६:५८ प्रकाशित