काठमाडौँ ।
सरकारले नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको उपचारका लागि ५५ लाख ८८ हजार एक सय ६४ रुपैयाँ दिने निर्णय गरेको छ।
ग्यास लिक भएर आगो लाग्दा घाइते भएका नेता भण्डारीको भारतमा उपचार भइरहेको छ । सत्ता साझेदार कांग्रेसकै दबाबमा सरकारले नेता भण्डारीको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गत फागुन ११ गते बसेको मन्त्रिपरिषद्ले गरेको थियो।
राजनीतिक दलकै सदस्य एवं नेता भएकै कारण राज्य कोषको दुरुपयोग यसअघि पनि पटक पटक हुँदै आएको छ। यसैगरी १० वर्ष अघिका उपराष्ट्रपति परमानन्द झाका सवारी चालकलाई पारिश्रमिक भुक्तानीस्वरुप सरकारले २ लाख ७६ हजार दिएको छ । मन्त्रिपरिषद्को गत असोज ७ गते निर्णय भए पनि फागुनमा मात्रै अर्थले भुक्तानी दिएको हो ।
सरकारले फागुनमा मात्रै विभिन्न व्यक्तिलाई ६४ लाख ८८ हजार रुपैयाँ आर्थिक सहायता दिइएको पाइएको छ।













