फलेवासका वडा सदस्यमाथि नाकको डाँडी भाँच्चिने गरि कुटपिट

केन्द्रभाग मिडिया

पोखरा ।

पर्वतको फलेवास नगरपालिकाका एक वडा सदस्यमाथि नाकको डाँडी भाँच्चिने गरि कुटपिट भएको छ ।

फलेवास नगरपालिका वडा नम्बर ३ शंकरपोखरीका वडा सदस्य ६२ बर्षीय मोती प्रसाद भुषालमाथि निर्घात कुटपिट भएको बताइएको छ । गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्य पदमा निर्वाचित भुषालमाथि स्थानीय युवाले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

घरायसी कुरामा सामान्य भनाभन हुँदा वडा सदस्यमाथि स्थानीय अशोक भुषाल सहितका दुई युवाहरुले निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।

वडा सदस्यको नाकको डाँडी भाँच्चिएको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।भुषालको जिल्ला अस्पताल पर्वतमा उपचार हुन नसकेपछि पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

  • ७ चैत्र २०७९, मंगलवार १६:०१ प्रकाशित