सरकारलाई पूर्णता दिन आजबाटै छलफल सुरु : प्रधानमन्त्री दाहाल

केन्द्रभाग मिडिया

गोरखा ।

प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो(सोमबार) विश्वासको मत पाएसँगै सरकारलाई पूर्णता दिनका लागि छलफल सुरु गरेका छन् । संघ सरकारलाई पूर्णता दिने र प्रदेश सरकारलाई पनि आलोपालो प्रणालीबाट पुनर्गठन गर्ने विषयमा छलफल सुरु भएको दाहालले बताएका छन् ।

मंगलबार पालुङटार नगरपालिका–२ विमिरेमा पन्थडिही–कटहरे–हर्मी–साहिलीटार सडकको शिलान्यास समारोहलाई सम्बोधन गर्दै दाहालले सरकारलाई पूर्णता दिन नेपाली कांग्रेससहितका दलसँग मंगलबार बिहानदेखि वार्ता र संवाद सुरु भएको बताए ।

‘हिजोबाट फेरि राजनीतिक वातावरण वनेको छ, लय पक्रिएको छ,’ उनले भने,‘ सदनमा भएका ११ पार्टीले विश्वासको मत दिएपछि सरकारलाई पूर्णता दिने प्रयत्नमा छौँ ।’ देशलाई सुशासन सामाजिक न्याय र समृद्धिको अभियानतर्फ लैजाने दाहालले बताए ।

  • ७ चैत्र २०७९, मंगलवार १४:५३ प्रकाशित