रिलायबल पोखरा शाखाद्वारा मृत्यु दाबीको भुक्तानी

केन्द्रभाग मिडिया

पोखरा ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि पोखरा शाखाले मृत्यु दाबीको भुक्तानी दिएको छ।

दस महिना अघि लोक बहादुर गुरुङ्गले दश लाख बीमाङ्कको रिलायबल समुन्नति जीवन बीमा गरेका थिए। उनको असामयिक निधनपश्चात् रिलायबलले बीमाको भुक्तानी गरेको हो ।

एमडिरटी मीन बहादुर गुरुङ्गले गराएको उक्त जीवन बीमाको दाबी भुक्तानीको कुल रकम दस लाख बीस हजार रूपैयाँ रहेको छ । एक कार्यक्रमको आयोजना गरी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. गण्डकी प्रदेश प्रमुख सरोज अधिकारीले मृतककी धर्मपत्नी हकवाला लक्ष्मी गुरुङ्लाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

रिलायबल पोखरा शाखाले आयोजना गरेको उक्त कार्यक्रमको सहजीकरण शाखा प्रमुख सूर्य सुमन थापाले गरेका थिए । लाइफ इन्स्योरेन्सको बीमा इतिहासमा सबैभन्दा धेरै रकमको दाबी भुक्तानी गर्ने कम्पनीको रुपमा रिलायबल लाइफ इन्स्योरेन्स परिचित छ।

जीवनमा कुनै पनि बेला मृत्यु विपत् बनेर आउन सक्छ । त्यही विपत्ले निम्त्याउन सक्ने आर्थिक संकटलाई न्यूनीकरण गर्न जीवन बीमा महत्त्वपूर्ण हुन्छ ।

  • ७ चैत्र २०७९, मंगलवार ०९:२३ प्रकाशित