आज यी प्रदेशमा चट्याङ्गसहित असिना पानी पर्ने सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौँ ।

आज देशका केही भू–भागमा चटयाङ्गसहित असिना पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेकाले हाल देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरूमा चट्याङसहित वर्षा भइरहेको छ।

आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित असिना पानी पर्ने सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहनेछ ।

बुधबार कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • ७ चैत्र २०७९, मंगलवार ०९:१२ प्रकाशित