काठमाडौँ ।
प्रतिनिधि सभा बैठक अघि नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ ।
संसद् भवनको ल्होत्से हलमा साढे ११ बजे बस्ने गरी दलको बैठक आव्हान गरिएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे बैठकले निर्णय गर्नेछ ।
‘दलको बैठक बसेर विश्वासको मत दिने नदिनेबारे औपचारिक निर्णय हुन्छ’, बर्तौलाले भने, ‘एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैन, त्यसको औपचारिक निर्णय बैठकले गर्छ ।’ नेकपा एमाले चैत ५ गतेबाट प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी बेञ्चमा बस्न पुगेको छ ।
आज सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची छ ।













