प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

केन्द्रभाग मिडिया

काठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्।

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका ५ जनालाई अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।

प्रहरी नायव महानिरीक्षकहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरिएको थियो।

  • ६ चैत्र २०७९, सोमबार १०:०२ प्रकाशित