गृह र अर्थमध्ये एक आफैँ लिने तयारीमा माओवादी

केन्द्रभाग मिडिया

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (सोमबार) संसद्‌मा विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिएसँगै प्रम दाहालले आफूलाई समर्थन गर्ने दलहरूसँग शक्ति बाँडफाँटबारे छलफल अघि बढाउने भएका छन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सामेल हुने निर्णय गरेको संसद्‌को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका प्रवक्ताले पनि विश्वासको मत दिएपछि मात्र सत्ता साझेदारीबारे विस्तृत छलफल अघि बढ्ने जनाइएको छ।

संसद्‌को चौथो ठूलो दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रचण्डलाई दिएको समर्थन कायम रहेको तर सरकारमा सहभागी हुने वा नहुनेबारे अहिले छलफल नभएको जनाएको छ।

मन्त्रालयको भागबन्डाका लागि छलफल तिव्र बनेसँगै नेकपा माओवादीले गृह र अर्थ मध्ये एक मन्त्रालय आफ्नो पक्षमा पार्ने तयारी गरेको छ ।

  • ६ चैत्र २०७९, सोमबार ०९:४० प्रकाशित