पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो खिन आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३९ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ८२ पैसा छ । आज पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ९६ पैसा र खरिददर १६० रुपैयाँ ६९ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २१ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३५ रुपैयाँ २५ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ३८ पैसा र बिक्रीदर २९ रुपैयाँ ५२ पैसा रहेको छ ।