काठमाडौं ।
आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
आइतबार बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बैठक बस्न लागेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसअघि सानेपास्थित केन्द्रीय कार्यालय र सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बस्दै आएको बैठक यसपटक वानेश्वरस्थित संसद् भवनमा बोलाइएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ मा विश्वासको मत लिने तयारी गरिरहेकै बेला कांग्रेसको कार्यसम्पादन समितिका बैठक बस्न लागेको हो ।
कांग्रेस नेताहरूका अनुसार सो बैठकबाट प्रधानमन्त्री दाहाललाई विश्वास मतबारे निर्णय गर्न लागेको हो।













