बेलायतद्धारा नेपाललाई १४ अर्ब ४० करोड सहायता

केन्द्रभाग मिडिया

काठमाडौ ।

बेलायत सरकारले स्थानीय तहमा पूर्वाधार विकास कार्यक्रमका लागि १४ अर्ब ४० करोड रूपैयाँ (९ करोड पाउण्ड) सहयोग गर्ने भएको छ ।

बुधबार मन्त्रिपरिषद्को बैठकले उक्त सहयोग स्वीकार गरेको थियो । सोलगतै बिहिबार अर्थमन्त्रालय र नेपालस्थित बेलायती राजदूतावासबीच सम्झौता भएको छ । बेलायती राजदूत निकोला पोलिट र अर्थसचिव तोयम रायाले सहायता सम्झौतामा हस्ताक्षर गरेका छन् ।

बेलायत सरकारले गरेको सहयोग मधेस प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका स्थानीय तह मार्फत पूर्वाधार विकासका क्षेत्रमा खर्च गरिने छ ।

  • २ चैत्र २०७९, बिहीबार १६:५६ प्रकाशित