आज युरोको भाउ घट्यो, डलरको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार हिजो बढेको युरो र पाउण्डको भाउ आज फेरि घटेको छ।

आज युरो एकको खरिददर १४० रुपैयाँ ०६ पैसा र बिक्रीदर १४० रुपैयाँ ७० पैसा छ । हिजो भने युरो एकको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा थियो।

आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीर १३२ रुपैयाँ ४६ पैसा रहेको छ ।आज पाउण्ड एकको खरिददर १५९ रुपैयाँ १६ पैसा र खरिददर १५९ रुपैयाँ ८८ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६० रुपैयाँ ०३ पैसा र बिक्रीदर १६० रुपैयाँ ७६ पैसा रहको थियो।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ ११ पैसा र बिक्रीदर ३५ रुपैयाँ २७ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ४१ पैसा र बिक्रीदर २९ रुपैयाँ ५४ पैसा रहेको छ ।

  • २ चैत्र २०७९, बिहीबार ०९:११ प्रकाशित