स्ववियु निर्वाचन अधिकृतको राजीनामा माग गर्दै आमरण अनसन

केन्द्रभाग मिडिया

पोखरा ।

स्ववियु निर्वाचनको क्रममा विवाद बढेको पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लुआरसी)मा एक असन्तुष्ट समुहले आमरण अनसन सुरु गरेका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस इकाई समितिका असन्तुष्ट समूहले स्ववियु निर्वाचन अधिकृतको राजीनामा माग गर्दै आमरण अनसन थालेका हुन् ।

सो समूहले निर्वाचन समितिले धाँधलीपूर्ण गरेको भन्दै स्ववियु निर्वाचन अधिकृतको राजीनामा माग गर्दै आमरण अनसन बसेका हुन् । असन्तुष्ट समुहले स्ववियु कार्यालय र क्याम्पस प्रशासन कार्यालयमा तालाबन्दी समेत गरेको छ ।

स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता समयमा क्याम्पसको इकाई बैठकबिना बाहिरी व्यक्तिहरूको अनधिकृत रूपमा प्रवेश गरेको भन्दै क्याम्पस इकाई कमिटीका उपसभापति सन्देश पोखरेल, सुमन भट्टराई, सचिन अर्यालसहित १४ जनाले फागुन २७ गते राजीनामा दिएका थिए ।

स्ववियु निर्वाचनको क्रममा पोखराका अधिकांश क्याम्पसमा विवाद हुदाँ निर्वाचन अनिश्चित बनेको छ ।

  • १ चैत्र २०७९, बुधबार १६:०६ प्रकाशित