२०२६ को विश्वकपमा १०४ खेल हुने , फाइनल पुग्नेले ८ खेल खेल्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

सन् २०२६ को विश्वकप फुटबलमा १०४ खेल हुने भएको छ । फिफाले पुरानै फर्म्याटलाई निरन्तरता दिने निर्णय गरेसँगै १०४ खेल हुने भएको हो ।

आगामी विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुनेछ भने विश्वकपमा ४८ राष्ट्रले सहभागिता जनाउनेछन् । टिमसंख्या बढेपछि फिफाले १६ समूह बनाउने तयारी गरेको थियो ।

तर २०२२ मा कतारमा भएको विश्वकपमा चार टिमको समूह प्रभाकारी रहेकोले फिफाले अब हुने विश्वकपमा पनि चार टिमकै १२ समूह बनाउने निर्णय गरेको हो ।

नयाँ फर्म्याट अनुसार हरेक समूहको शीर्ष दुईसँगै तेस्रो स्थानमा रहने ८ उत्कृष्ट टिम अन्तिम ३२ मा प्रवेश गर्नेछन् ।यसअघि फाइनल पुग्ने टिमले ७ खेल खेल्ने गरेकोमा अब फाइनल पुग्ने टिमले ८ खेल खेल्नेछ ।

  • १ चैत्र २०७९, बुधबार १०:१२ प्रकाशित