४ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागहरूमा आँशिक बदली र तराई भेगमा मौसम सामान्यतया सफा छ ।

दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ । कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा अपराह्णतिर मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

राति देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना  छ ।

  • १ चैत्र २०७९, बुधबार ०६:४८ प्रकाशित