प्रचण्डको मुद्धामा सर्वोच्चद्धारा कारण देखाउ आदेश

केन्द्रभाग मिडिया

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दामा सर्वोच्च अदालतले कुनै पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्चले प्रचण्डमाथि कारण देखाउ आदेश जारी गरेको छ ।शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ भएको थियो ।

आजको सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा.सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइटेल ध्रुवलाल श्रेष्ठले बहस गरेका थिए ।

प्रचण्डको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले दायर छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

  • २६ फाल्गुन २०७९, शुक्रबार १६:४९ प्रकाशित