काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा राष्ट्रपतिमा भोट हाल्ने वा नहाल्ने भन्ने विषयमा मतभेद देखिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा जारी कार्यसम्पादन समितिको बैठकमा राष्ट्रपतिको विषयमा मतभेद भएको हो।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनसहित केही नेताहरू मतदान गर्नुपर्ने भन्ने पक्षमा देखिएका छन्। भने महामन्त्री डा.धवलशम्शेर राणालगायत तटस्थ बस्नुपर्ने अडानमा छन्।
तर, प्रवक्ता मोहन श्रेष्ठले छलफल जारी रहेकाले पार्टी र कार्यकर्ताको चाहनाअनुसार पार्टीले निर्णय लिने बताए।अध्यक्ष लिङ्देनसहित अधिकांश नेता भोट हाल्ने पक्षमा भएकाले बैठकले त्यही अनुसारको निर्णय गर्न सक्ने संकेत पनि गरे।













