काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर समवेदना दिएका छन् । नेपालका भाइ सरोज कुमार उपाध्यायको शनिवार निधन भएको थियो ।
नेपाललाई भेट्न ओली उनी बसेको किरिया पुत्री भवनमा आज दिउँसो पुगेका हुन् ।ओलीले उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेका थिए ।
उपाध्यायको शंखमुलस्थित एक रेस्टुरेन्टको छैटौँ तलाबाट खसेर निधन भएको थियो ।













