मेयर बालेनले एमाले नेता महेश बस्नेतलाई घरमै गएर भेटे

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह नेकपा एमाले नेता महेश बस्नेतसँग भेट गरेका छन् । नेता बस्नेतको घर भक्तपुर पुगेर मेयर शाहले नेता बस्नेतसँग भेटवार्ता गरेका हुन्।

विगतको असमझदारीलाई टुंगाएर सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेको नेता बस्नेतले बताए। उनले भने, ‘उहाँ मेरो घर भक्तपुरको गुण्डुमा आउनुभएको थियो। विगतको असमझदारी हटाएर सहकार्य गरेर जाऔं भन्नुभयो।’

भक्तपुर पुगेर विकासे योजनाको अवलोकनपछि आफ्नै घरमासंगै खाना खाएर छुटेको उनले बताए।यसअघि मेयर बालेनले अल्फाबिटा कम्प्लेक्समा डोजर चलाएपछि एमाले नेता महेश बस्नेत बालेन विरुद्ध गालीगलौजमा उत्रिएका थिए ।

  • २४ फाल्गुन २०७९, बुधबार १५:२२ प्रकाशित