क्रिकेटर शरदको सम्पत्ति रोक्का माग गर्दै निशाले दिइन् निवेदन

केन्द्रभाग मिडिया

काठमाडौं । क्रिकेटरसमेत रहेका श्रीमान् शरद भेषावकरविरुद्ध अंश मुद्दा हालेकी निशा अधिकारीले उनको सम्पत्ति रोक्काको माग गरेकी छन् ।

निशाले आइतबार काठमाडौं जिल्ला अदालतमा शरदको सम्पत्ति रोक्काका लागि निवेदन दिएकी हुन् । निशाले हालेको अंश चलनको मुद्दामा काठमाडौं जिल्ला अदालतले शरदको नाममा रहेको सम्पत्तिको फाँटबारी झिकाउने आदेश गरेको थियो ।

अंश मुद्दासँगै निशाले सम्पत्ति रोक्काको निवेदन पनि दिएकी हुन् ।

  • २३ फाल्गुन २०७९, मंगलवार १५:४६ प्रकाशित