पोखरा ।
महिला पर्यटन व्यवसायी मञ्चको टोली पोखरा–चितवन(नवलपुरका पर्यटन व्यवसायीहरु सँग व्यवसायीक अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमको लागी आज नवलपुर प्रस्तान गरेको छ । उक्त टोलीमा मञ्चका २० जना प्रतिनिधि र पत्रकार रहेका छन् ।
पर्यटन प्रर्वद्धनको लागी अन्तराष्ट्रिय महिला दिवसको अवसर सँगै मञ्चको आयोजनामा नवलपुरको अमलटारी होमस्टेमा पोखरा–चितवन र नवलपुरका पर्यटन व्यवसायी बिच व्यवसायको अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यकर्म संचालन हुँदैछ ।
नेपाल पर्यटनको दृष्टिले विश्वकै एक उत्कृष्ट गन्तव्य हुँदा हुँदै पनि यसको उचित विकास र खोजिको अभावमा अझै थुप्रै सम्भावित क्षेत्र तथा ठाउँहरुको उचित खोज तथा प्रचार प्रसार गरी पर्यटकको वसाई लम्व्याउनु आजको आवश्यकता रहेको मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीले बताइन् ।