पोखरामा रङसंगै रमाए पर्यटक (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
फागु पूर्णिमाको अवसरमा पोखराको लेकसाइडमा आयोजित होली उत्सवमा पर्यटक रङमा झुमेका छन् । पर्यटकको बसाइ लम्ब्याउन पोखराको लेकसाइडमा १६ वर्षदेखि फागु पूर्णिमामा होली उत्सव आयोजना गरिँदै आएको छ। नेपाली परम्परागत पञ्चेबाजाका साथ उत्सवमा सहभागी पर्यटकलाई फागु पूर्णिमा र यसको महत्वबारे जानकारीसमेत गराइएको थियो। पर्यटकलाई अबिर र विभिन्न रङ उपलब्ध गराइ सुरु भएको उत्सवमा आन्तरिक तथा बाह्य पर्यटक एक आपसमा रङ दलेर रमाए ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराको आयोजनामा भएको होली उत्सवमा लेकसाइडका केही क्षेत्रमा सवारीसाधन प्रवेशमा रोक लगाइएको थियो । ठाउँ ठाउँमा विभिन्न संघसंस्थाले कन्सर्टसमेत आयोजना गरेका थिए ।
कार्याक्रमका संयोजक विरेन्द्र शेरचनले होलिसगै पोखरामा पर्यटकिय सिजन सुरु भएको बताए । उनले संस्कृतीलाई पर्यटनसंग जोडेर पर्यटन प्रवद्धनको प्रयास गरिएको बताए ।

होली कार्यक्रममा करिब पाँच सय विदेशी पर्यटकहरु सहभागी थिए । लेकसाइड अम्बोटदेखि खहरेसम्म करिब तीन किलोमिटरको दुरीमा नेपाली मौलिक बाजागाजासहित महोत्सव आयोजना गरिएको थियो । क्याम्पीङ चोकमा आयोजित सांगितिक कार्यक्रममा उल्लेख्य संख्यामा युवाहरुको सहभागीता रहेको थियो ।

  • २२ फाल्गुन २०७९, सोमबार १८:०१ प्रकाशित