काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य सरोज उपाध्यायको आज अन्त्येष्टि गरिने भएको छ । अन्त्येष्टि अघि उपाध्यायको पार्थिव शरीरलाई सोमबार दिउँसो श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने भएको छ ।
उपाध्यायको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि सोमबार दिउँसो १ बजेदेखि ३ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा राखिने एकीकृत समाजवादीका एक नेताले बताए ।
उपाध्यायको सोमबार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।उपाध्यायको गत शनिबार काठमाडौंको शंखमूलस्थित एक कफिसपको छतबाट खसेर निधन भएको थियो।
उपाध्याय एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालका भाइ हुन ।













