धनगढी ।
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाहले प्रदेशसभाको केहीबेरमा बस्ने बैठकमा विश्वासको मत माग्दैछन् ।त्यसअघि बसेको नागरिक उन्मुक्तिको बैठकले विश्वासको मत दिने निर्णय गरेको संसदीय दलका नेता रामेश्वर चौधरीले जानकारी दिए ।
शाहलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ ।













