प्रतिनिधिसभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभाको आज बस्ने गरी तय भएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको छ ।

संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै आज दिउसो १ बजेका लागि तय भएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको जानकारी गराएको हो ।

विशेष कारणवश बैठक स्थगित भएको संघीय संसद् सचिवालयका महासचिव डा।भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

आज अपराह्न १ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश सुनाउने सम्भावित कार्यसूची थियो भने सम्पत्ति शुद्धीकरण संशोधन विधेयक र संवैधानिक परिषद् संशोधन विधेयकमाथि छलफल हुने कार्यसूची रहेको थियो ।

  • १७ फाल्गुन २०७९, बुधबार ११:२६ प्रकाशित