पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (बुधबार) डलरको भाउ घटेको छ भने युरोको भाउ बढेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५७ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा थियो।
आज युरो एकको खरिददर १४० रुपैयाँ ०५ पैसा र बिक्रीदर १४० रुपैयाँ ६९ पैसा छ हिजो भने युरो एकको खरिददर १३९ रुपैयाँ ६९पैसा र बिक्रिदर १४० रुपैयाँ ३२ पैसा थियो ।
आज पाउण्डको भाउ पनि बढेको छ । आज पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६० रुपैयाँ ४४ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५९ रुपैयाँ १६ पैसा रहेको थियो ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३३ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १६ पैसा र बिक्री दर ३६ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ४१ पैसा र बिक्रीदर २९ रुपैयाँ ५४ पैसा रहेको छ ।