मेसी ‘फिफा वर्ष खेलाडी’ घोषित : पछि परे बेन्जेमा र एम्बाप्पे

केन्द्रभाग मिडिया

काठमाडौं । अर्जेन्टिना र पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार फरवार्ड लियोनल मेसी २०२२ को फिफा ‘वेस्ट अवार्ड’ मा वर्ष खेलाडी घोषित भएका छन् ।

उनी फ्रेन्च फरवार्ड करिम बेन्जेमा र किलियन एम्बाप्पेलाई पछि पार्दै वर्ष खेलाडी घोषित भएका हुन् । अर्जेन्टिनाले कतार विश्वकप २०२२ को उपाधि जित्दा मेसीले टिमको नेतृत्व गरेका थिए । ३५ वर्षीय उनले क्लब र आफ्नो देशका लागि २०२१–२०२२ मा ४९ खेल खेल्दै २७ गोल गरेका छन् ।

वर्ष खेलाडीको अवार्ड दोस्रो पटक जितेका मेसीले भने,‘यो मेरा लागि एकदमै उत्कृष्ट वर्ष भएको छ । यहाँ सम्म आउनु र यो अवार्ड जित्नु मेरो लागि सम्मानको कुरा हो । मेरा टिम मेटबिना म यो स्थानमा पक्कै हुन सक्दिन थिए ।,’

‘मैले वर्षै देखि देखेको सपना पुरा गरेको छु, जुन निकै कम मानिसले पुरा गर्न सक्छन् । म आफूलाई यो कुराको लागि निकै भाग्यशाली महसुस गर्छु,’ उनले भने ।

  • १६ फाल्गुन २०७९, मंगलवार १०:१६ प्रकाशित