‘खोकीलाई सामान्य रुपमा लिँदा गम्भिर समस्या आउनसक्छ’

केन्द्रभाग मिडिया

पोखरा ।

खोकीलाई एक सामान्य रुपमा लिने तपाईँ हाम्रो चलन छ । सिजनल रुघा खोकी हो भने हाम्रो परम्परागत सैलीले समान्य तातोपानी वा तातो झोलिलो कुरा प्रयोग गर्दा नै निको हुन्छ । तर, लामो समय खोकी लागेको छ भने त्यसलाई हल्का रुपमा लिन नहुने मणिपाल शिक्षण अस्पातालमा कार्यारत वरिष्ठ छाति रोग विशेषज्ञ डा. सीपी आचार्य बताउँछन् । बारम्बार खोकी लाग्नुको कारण फोक्सोमा गम्भिर संक्रमण पनि हुन सक्छ ।

खोकी लाग्नु निमोनिया, दम र क्षयरोग जस्ता रोगको लक्ष्यण समेत हुनसक्ने हुँदा तीन हप्ता भन्दा बढी खोकी लागेको छ भने तत्काल विशेषज्ञ डाक्टरलाई भेट्न उनले सुझाव दिएका छन् । खोकी लाग्दा फलफूल, अण्डा लगायतका तागतिलो खानेकुरा खान छोड्ने गरेका विरामी आफूकहाँ आउने गरेको भन्दै खोकी लाग्दा झनै झोलिलो कुरा, सागसब्जी र तागतिलो कुरा खानुपर्ने उनले बताए ।

वरिष्ठ छाति रोग विशेषज्ञ डा. आचार्यले जसरी नियमित रुपमा प्रेसर र सुगरको परीक्षण गरिन्छ, त्यसरी नै छातिको पनि परीक्षण गर्न सुझाव दिए । लामो खोकी लागेमा मेडिकलमा गएर औषधी खाने र समान्य हो ठिक हुन्छ, भन्ने जस्ता गल्ति गर्दा धेरैले ज्यान गुमाउनु परेको समेत उनले जानकारी दिए । उनले आफूकहाँ आइपुग्दा ९० प्रतिशत विरामी जटिल समस्या भएपछि मात्र आउने गरेको अनुभव सुनाए ।

उनले फोक्सोमा समस्या आउन नदिन नियमित खानपिन र आहारविहारमा ध्यान दिनुपर्ने बताए । यसका साथै धुलोधुँवा बाट बच्न र धुम्रपान गर्दै नगर्न उनले आग्रह गरेका छन् । खासगरी बालबालिका र धुम्रपान गर्नेमा ४० वर्ष काटेकालाई छातिको समस्या धेरै हुने गरेको उनले बताए ।

फोक्सोमा संक्रमण हुँदा त्यसको असर मुटु, मृर्गौला र शरीरका अन्यअंगमा समेत पर्ने हुँदा समयमै फोक्सोको सुरक्षामा ध्यान दिन उनले सल्लाह दिएका छन् ।

खोकी, निमोनिया सीओपीडी जस्ता रोग र छाति रोगबाट बच्ने उपाएको बारेमा वरिष्ठ छाति रोग विशेषज्ञ डा. सीपी आचार्यसंग गरिएको कुराकानी हेर्नुहोस् ।

  • १५ फाल्गुन २०७९, सोमबार ११:०४ प्रकाशित