पाउण्ड घट्दा आज डलर र युरोको भाउ कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको दोस्रो दिन आज सोमबार पाउण्डको भाउ घटेको छ ।

आज पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५८ रुपैयाँ ५४ पैसा रहेको छ । हिजो पाउण्ड पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६४ पैसा थियो ।

आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा रहेको छ ।आज युरो एकको खरिददर १३९ रुपैयाँ ३५ पैसा र बिक्रिदर १३९ रुपैयाँ ९८ पैसा छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०७ पैसा र बिक्री दर ३६ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ७८ पैसा र बिक्रीदर २९ रुपैयाँ ९२ पैसा रहेको छ ।

  • १५ फाल्गुन २०७९, सोमबार १०:०५ प्रकाशित