सन्दीप लामिछानेको मुद्धा हेर्दाहेर्दैमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानले क्रिकेट खेल्नका लागि यूएई जान पाउँ भनि दिएको पुनरावेदनको सुनुवाइ हेर्दा हेर्दैमा राखिएको छ ।
क्रिकेटर सन्दीप लामिछानेलाई पुुन थुनामा पठाउन सरकारी वकिलहरुले माग गरेका छन् ।

नाबालिक बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदन र विदेश जाने अनुमति दिन लामिछानेले दिएको निवेदन न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासमा परेको छ ।

आज बन्द इजलासमा भएको सुनुवाईमा उच्च अदालतको धरौटीमा छाड्ने आदेश त्रुटिपूर्ण भएको भन्दै सन्दिपलाई पुर्पक्षका लागि पुन थुनामा राख्नुपर्ने सरकारी वकिलहरुले माग गरेका छन् ।

  • १४ फाल्गुन २०७९, आईतवार १६:५८ प्रकाशित