एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्छ : माधव नेपाल

केन्द्रभाग मिडिया

जनकपुरधाम ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने बताएका छन् ।

प्रदेशस्तरीय पार्टीको प्रशिक्षण कार्यक्रमका लागि धनुषाको लालगढ आएका उनले संचारकर्मीको जिज्ञासामा भने, ‘सरकार पुनर्गठनबारे छलफल भएको छैन् । तर एमालेलाई किन सरकारबाट निकाल्ने रु एमालेसहितका राष्ट्रिय सरकार बन्नुपर्छ ।’

अध्यक्ष नेपालले पुनः ब्यूँतिएको आठ दलीय गठबन्धनबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने पिक्चर क्लियर रहेको बताए । उनले कांग्रेस र माओवादीलाई धोका दिन नचाहेरै राष्ट्रपति एमालेको प्रस्तावमा बन्न अस्वीकार गरेको बताए ।

  • १४ फाल्गुन २०७९, आईतवार १६:३६ प्रकाशित