सडकबिना मोटरेबल पुल बनाउने गण्डकीका पूर्व सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

केन्द्रभाग मिडिया

काठमाडौं ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वर चन्द्र मरहट्टाविरुद्ध भ्रष्टाचार मुद्दा परेको छ ।

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ करोड ४५ लाख ५२ हजार ६ सय ७१ रूपैयाँ बिगो दाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गोरखाको गोरखा नगरपालिका वडा नं। ३ जरेवरस्थित दरौदी नदीमाथि सडकबिना मोटरेबल पुल बनाएर आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले मरहठ्ठाविरुद्ध मुद्दा दायर गरेको हो । सोही कसूरमा अन्य दुई जना कर्मचारीमाथि पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम पदको दुरुपयोग गरी मरहठ्ठाले राज्यको सम्पत्ति हिनामिना गरेको भन्दै अख्तियारले मुद्दा दायर गरिएको जनाएको छ ।

अख्तियारका अनुसार पूर्वसचिव मरहठ्ठाले दरौदी खोलामा काल्पनिक पुल निर्माणको डिजाइन गराएर भुक्तानी गराएका थिए ।

  • १४ फाल्गुन २०७९, आईतवार १६:०७ प्रकाशित