पोखरा ।
गण्डकीमा राप्रपाका मन्त्री पञ्चराम गुरुङले राजीनामा दिने भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्र सरकारबाट बाहिरिएसँगै गण्डकी प्रदेशबाट पनि राप्रपा बाहिरिने भएको हो । हाल गुरुङ सामाजिक विकास तथा स्वास्थ्य मन्त्री भएका हुन् । उनले आज(आइतबार) राजीनामा दिने तयारी गरेका छन् ।
‘म काठमाडौंबाट आउँदै छु, माथिको निर्णय हामीले मान्नुपर्ने हुन्छ, पोखरा आएपछि सल्लाह गरेर आइतबार राजीनामा दिन्छु,’ गुङलले हिजै भनेका थिए ।
गुरुङ मुख्यमन्त्रीसँगै पुस २५ गते विना विभागीय मन्त्री भएका थिए । त्यसको १५ दिनपछि पुस १० गते उनलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारी प्रदान गरिएको थियो ।
गण्डकीमा राप्रपा बाहिरिन लागेसँगै हालको सरकार अल्पमतमा पर्ने भएको छ। यो सगै मुख्यमन्त्री खगराज अधिकारीको पद पनि धरापमा परेको छ ।













