माधव नेपालसँग सहयोग माग्दै ओलीले पठाए पत्र

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेले एकीकृत समाजवादीलाई राष्ट्रपतिमा सहयोग माग्दै औपचारिक पत्र पठाएको छ । अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई सहयोग माग गर्दै पत्र पठाएका हुन् ।

पत्रमा उनले नेपालको संविधानको मर्म र भावनाअनुरुप सुवास नेम्वाङ राष्ट्रपतिका लागि योग्य रहेकाले सहयोग गर्न आग्रह गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सम्बोधन गर्दै लेखिएको पत्रमा ‘आम निर्वाचन २०७९को नयाँ जनादेशअनुरुपको २०७९ पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमति अनुसार हाम्रो पार्टीका तर्फबाट माननीय सुवासचन्द्र नेम्वाङलाई यही २०७९ फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवामा मनोनयन गरिएको छ ।

नेपालले संविधानको मर्म र भावनाअनुरुप माननीय सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदलाई अन्यन्त योग्य एर्वं उपयुक्त उम्मेदवार हुनुहुन्छ । राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभाका माननीय सदस्यहरु मतदाता हुने यस निर्वाचनमा तपाईको पार्टीका तर्फबाट मा. सुवासचन्द्र नेम्वाङको पक्षमा पतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु’ उल्लेख गरिएको छ ।

  • १३ फाल्गुन २०७९, शनिबार १६:५७ प्रकाशित