राष्ट्रपति निर्वाचनका लागि रास्वपासंग मागे पौडेलले सहयोग

केन्द्रभाग मिडिया

काठमाडौं।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र लगायत आठ दलको समर्थनमा उम्मेदवार बन्ने तयारीमा रहेको पौडेलले हात्तिगौंडा पुगेर राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गरेका हुन् ।

राष्ट्रपति निर्वाचनमा नेकपा (एमाले) ले सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ । नेम्वाङले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राष्ट्रपतिको उम्मेदवारी दर्ता गराइसकेका छन्। कांग्रेसले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनानउने निर्णग गरिसेको छ ।

  • १३ फाल्गुन २०७९, शनिबार १३:४४ प्रकाशित