सुवास नेम्वाङ एमालेबाट राष्ट्रपति उम्मेदवार

केन्द्रभाग मिडिया

 

पोखरा ।

नेकपा एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए । उपाध्यक्ष नेम्वाङ पूर्व सभामुख हुन् भने उनी हाल इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

यस अगाडि विहान नै कांग्रेसले आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको थियो । एमालेले १० पुसमा भएको सहमति अनुसार राष्ट्रपति आफ्नो दलले पाउने पर्ने दाबी गरेको थियो भने एमालेलाई राष्ट्रपति दिन नसक्ने प्रधानमन्त्री प्रचण्डको अडान पछि विकल्पमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपति बनाउन अनौपचारिक रुपमा प्रस्ताव गरेको थियो ।

  • १३ फाल्गुन २०७९, शनिबार ११:३३ प्रकाशित