पोखरा ।
गत १० पुसमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने समझदारी गर्दै निर्माण भएको नेकपा एमालेसहितको वर्तमान सत्ता गठबन्धन दुई महिना बित्न नपाउँदै भत्किएको छ । शुक्रबार साँझ पुरानो पाँच दलीय गठबन्धनसहित थप तीन दल बीच नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जुटेसंगै वर्तमान सत्ता गठबन्धन भत्किएको हो ।
वर्तमान सत्ता गठबन्धनको सबैभन्दा ठूलो घटक नेकपा एमालेले आज (शनिबार) बस्ने बैठकबाट सरकारबाट बाहरिने औपचारिक निर्णय गर्ने बताएको छ । यसको प्रष्ट सन्देश एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई दिइसकेका छन् ।
एमाले र माओवादीबीच प्रधानमन्त्री र सभामुख आलोपालो र राष्ट्रपति एमालेले लिने समझदारीसहित १० पुसमा नयाँ सत्ता गठबन्धन निर्माण भएको थियो। तर नयाँ राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको एक दिनअघि नेपाली कांग्रेस नेतृत्वमा रहेको पुरानो माओवादीसहित पाँच दलीय गठबन्धन ब्युँताउने सहमति भएको छ।
उक्त गठबन्धनमा प्रतिनिधिसभामा रहेका अन्य तीन दल लोकतान्त्रिक समाजवादी पार्टी जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी समेत सहभागी छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको आठ दलको बैठकमा नयाँ गठबन्धन निर्माण गर्ने सहमति भएको हो । काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पुस १० गते प्रधानमन्त्री बनाउने समझदारी गर्दै निर्माण भएको नेकपा एमालेसहितको वर्तमान सत्ता गठबन्धन दुई महिना बित्न नपाउँदै भत्किएको छ।













