राष्ट्रपति चुनावमा प्रस्तावक-समर्थक नबस्ने राप्रपाको निर्णय

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

राप्रपाले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ ।जारी राप्रपाको कार्यसम्पादन समितिको बैठकको राप्रपा राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

निर्वाचनमा भोट हाल्ने वा नहाल्ने विषयमा छलफल भइरहेको भन्दै फागुन २५ अघि फेरि बैठक बस्ने उनले बताए ।राष्ट्रपति निर्वाचनसम्बन्धी अन्य विषयमा छलफल जारी रहेको श्रेष्ठले जानकारी दिए ।

  • १२ फाल्गुन २०७९, शुक्रबार १६:५४ प्रकाशित