प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे अहिले बालुवाटारमा छलफल जारी छ ।चार दलसँग शुक्रबार नै तीन घण्टा छलफल गरेका दाहालले पाँच बजे बस्ने अर्को बैठकअघि दाहालले ओलीसँग छलफल गरेका हुन् ।

दाहालसँग भेट्न ओली संसद भवनबाट बालुवाटार गएका हुन् । संसद भवनबाट बाहिरिँदै गर्दा ओलीले शनिबार एमालेको तर्फबाट राष्ट्रपति उम्मेदवारमा मनोनयन हुने बताए ।ुएमालेबाट राष्ट्रपति उम्मेदवार हुन्छ भन्ने पुस १० गते नै तय भएको कुरा हो’ओलीले भने ।

  • १२ फाल्गुन २०७९, शुक्रबार १५:५२ प्रकाशित