काठमाडौं ।
सेभियाका गोलकिपरमाथि समर्थकले आक्रमण गरेका छन् ।
युरोपा लिग नकआउट प्लेअफ अन्तर्गत सेभिया र पीएसभी आइन्डहोभन बीचको दोस्रो लेग खेलमा सेभियाका गोलकिपर मराको डिमिट्रोभिचलाई एक समर्थकले आक्रमण गरेका हुन् ।
पीएसभीले घरेलु मैदानमा भएको दोस्रो लेग २–० ले जिते पनि समग्रमा सेभियासँग ३–२ले पराजित हुँदै बाहिरियो । पहिलो लेगमा सेभिया ३–० ले विजयी भएको थियो । दोस्रो लेगमा दुई गोल फर्काएपनि पीएसभीको संकट नटरेपछि ३१ वर्षीय डिमिट्रोभिचलाई एक प्रशंसकले मैदानमै पुगेर पन्च हानेका हुन् । खेलको अन्तिम चरणमा भएको घटनापछि आक्रमणकारीलाई अन्ततः स्टेवार्डहरुले नियन्त्रण लिएका थिए ।
सेभियाका प्रशिक्षक जर्ज साम्पाओलीले यो अविश्वसनीय रूपमा दुःखको कुरा भएको बताए ।