राष्ट्रपति निर्वाचन : आज अन्तिम मतदाता नामावली प्रकाशन हुने

केन्द्रभाग मिडिया

काठमाडौं।

राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन हुने भएको छ। मतदाता नामावलीमा समावेश नाममा दावी विरोध, उजुरी र छानविन पछि आज अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका निर्वाचन आयोगको छ।

आयोगको निर्वाचन कार्यतालिका अनुसार भोलि उम्मेदवारी दर्ता हुनेछ। राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ। अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ।

दावी विरोध र उजुरीमा कुनै निवेदन नपरेको आयोगले जनाएको छ । कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न भने निवेदन परेको छ।

  • १२ फाल्गुन २०७९, शुक्रबार १०:५३ प्रकाशित