पुरानो गठबन्धनका चार शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

चार दलका शीर्ष नेतृत्वबीच राष्ट्रपति उम्मेदवारको विषयमा छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा चार दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको हो ।

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच राष्ट्रपति उम्मेदवारको विषयमा छलफल भइरहेको छ ।

साथै कांग्रेस नेता गगन थापा र माओवादी नेता तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ पनि बैठकमा सहभागी छन्

  • १२ फाल्गुन २०७९, शुक्रबार ०९:१२ प्रकाशित