नारायणगढ–बागलुङको यात्रा ४ घण्टा छोटिदैं

केन्द्रभाग मिडिया

बुटवल ।

नारायणगढ–बागलुङ ८ घण्टाको यात्रा अब छोटिने भएको छ । नारायणगढ – बागलुङ यात्रा अब ४ घण्टा छोटिने भएको हो ।

कालीगण्डकी कोरिडोरको निर्माण कार्यसँगै यो सम्भव हुन थालेको हो । राष्ट्रिय गौरवको आयोजनाको रूपमा आर्थिक वर्ष २०६७/२०६८ बाट निर्माण सुरु भएको कालीगण्डकी कोरिडोर अहिले दुई खण्डमा विभाजन गरेर काम धमाधम भइरहेको छ ।

नेपाल–भारत बेलहिया ९सुनौली० नाकादेखि मुस्ताङको कोरला नाका जोड्ने उद्देश्यले सुरु गरिएको उत्तर–दक्षिण व्यापारिक पारवहन मार्ग काली गण्डकी कोरिडोर ४३५ किलोमिटर लामो छ ।

त्यस्तै, पूर्व नवलपरासीको गैँडाकोटदेखि बागलुङको मालढुंगा तल्लो खण्ड २४० किलोमिटर छ । उता मालढुंगादेखि मुस्ताङको चीन जोड्ने कोरला नाकाको दूरी १९५ किलोमिटर छ ।

आयोजनाको सबै ‘ट्रयाक’ खोलिएर कालोपत्रेको गर्ने काम तीव्र गतिमा भइरहेको सडक परियोजना कार्यालयले जनाएको छ । पहिलो खण्डको भौतिक प्रगति ४० प्रतिशत र दोस्रो खण्डको ७८ प्रतिशत काम भएको छ ।

  • ११ फाल्गुन २०७९, बिहीबार १६:५८ प्रकाशित